तुलसीपुर, ०१ असार । पानी ट्याङ्कीमा डुबेर तुलसीपुरमा ७० वर्षीया एक वृद्धाकाे मृत्यु भएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ गाेलाैरा निवासी ७० वर्षीया शान्त कुमारी देवकाेटाकाे आफ्नै घर नजिकै रहेकाे पानी ट्याङ्कीमा डुबेर मृत्यु भएकाे हाे ।
शुक्रबार साढे १० बजेकाे समयमा स्थानीयले देवकाेटालाई ट्याङ्कीमा डुबेकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाकाे कमाण्डमा खिटएकाे प्रहरी टाेलीले शव पाेष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकाे थियाे ।
शवकाे पाेष्टमार्टमपछि आफन्तले लास बुझेका छन् ।
