• ट्रेण्डिङ्ग :
लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता


  • 3.7K
    SHARES
    • आषाढ १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.7K Views

    लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

    लमजुङ, १२ असार/लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । 

    images

    लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो । 

    अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ ।  


    तेस्रो आँखा