• ट्रेण्डिङ्ग :
एकैदिन विपदबाट १४ जनाको मृत्यु

एकैदिन विपदबाट १४ जनाको मृत्यु


  • 4.0K
    SHARES
    • आषाढ १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.2K Views

    एकैदिन विपदबाट १४ जनाको मृत्यु

    काठमाडौं १३ असार/बुधबार मात्रै देशभरका विभिन्न जिल्लामा ४४ वटा विपदजन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १४ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् ।

    images

    प्राधिकरणका प्रवक्ता उपसचिव डा। डिजन भट्टराईले घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए । प्राधिकरणका अनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

    चट्याङबाट पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । एक जना घाइते छन् ।


    तेस्रो आँखा