• ट्रेण्डिङ्ग :
वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए


  • 3.4K
    SHARES
    • आषाढ १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

    बागलुङ, १५ असार/बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । 

    images

    बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । 

    यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ । 


    तेस्रो आँखा