• ट्रेण्डिङ्ग :
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा :  प्रधानमन्त्री ओली

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा :  प्रधानमन्त्री ओली


  • 4.0K
    SHARES
    • श्रावण ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.2K Views

    मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा :  प्रधानमन्त्री ओली

    काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पर्‍याउन आह्वान गरेका छन । 

    images

    नेकपा एमालेले तयार गरेको सुझाव पत्र शुक्रबार सिंहदरबारमा ग्रहण गर्दै उनले  मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिए। एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले  भने “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुने छ ।  ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ । ”

    एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियोे भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएको थियोे । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए  ।


    तेस्रो आँखा