काठमाडौं ६ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने बताईएको छ । सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल हुने भएको छ । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।
