• ट्रेण्डिङ्ग :
उद्योग,वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्ययोजना बन्दै, मन्त्रालयले थाल्यो तयारी

उद्योग,वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्ययोजना बन्दै, मन्त्रालयले थाल्यो तयारी


  • 2.1K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.2K Views

    उद्योग,वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्ययोजना बन्दै, मन्त्रालयले थाल्यो तयारी

    काठमाडौँ,६ साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस क्षेत्रको सुधारको लागि कार्य योजना बनाउने भएको छ । मन्त्रालयले समग्र उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधारको कार्य योजना बनाउने भएको हो । 

    images

    आज मन्त्रालयमा आयोजित निजी क्षेत्रसँगको छलफलमा बोल्दै उद्योग मन्त्री दामोदर भण्डारीले कार्य योजना निर्माण गरेर सोही बमोजिम कार्य गर्ने जानकारी दिए । 

    एक महिनाभित्र परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती रहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौती मन्त्रालय समक्ष रहेको मन्त्री भण्डारीले बताए ।

    त्यसका लागि सबै निकायसँग छलफल सुरु गरेको मन्त्री भण्डारीको भनाइ छ । छलफलको पहिलो चरणमा निजी क्षेत्रका छाता सङ्गठन, पूर्व मन्त्री र पूर्व कर्मचारीसँग चरणबद्ध छलफल गरिने भण्डारीले बताए ।

    सबैसँग छलफल सकेपछि मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको सुधार कार्य योजना बनाउने छ । सुधार कार्य योजना बनाएर सोही अनुरूप मन्त्रालय अघि बढ्ने मन्त्री भण्डारीले बताए ।


    तेस्रो आँखा