• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन


  • 2.1K
    SHARES
    • श्रावण ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.3K Views

    प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

    काठमाडौ, ७ साउन । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी ९पहिलो संशोधन० विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ ।

    images

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधिसभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएकोे जानकारी गराउनुभयो ।

    मन्त्री पाण्डेले अभिलेखहरुको महत्वपूर्ण सामग्री, बहुमूल्य अभिलेखको संरक्षण गर्ने, सहज ढङ्गले उपयोग गर्ने र विद्युतीय माध्यमबाट पनि यसको ‘रेकर्ड’ हुने व्यवस्थालाई विधेयकबाट  सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

    राष्ट्रियसभाको अर्को बैठक यही साउन १५ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ ।


    तेस्रो आँखा