• ट्रेण्डिङ्ग :
मृतकको शव व्यवस्थापनको खर्च सौर्य एयरलाईन्सले व्यहोरेको छ :पर्यटनमन्त्री

मृतकको शव व्यवस्थापनको खर्च सौर्य एयरलाईन्सले व्यहोरेको छ :पर्यटनमन्त्री


  • 3.1K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    मृतकको शव व्यवस्थापनको खर्च सौर्य एयरलाईन्सले व्यहोरेको छ :पर्यटनमन्त्री

     काठमाडौं, १३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसदलाई जानकारी गराएका छन् ।

    images

    आईतवार प्रतिनिधि सभा बैठकमा सो विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् ।

    यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दुतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उनले बताए ।

    मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भिर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उनको अवस्था खतरामुक्त रहेको पनि बताए ।

    उनले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाईन्सले व्यहोरेको पनि जानकारी दिए ।

    गत साउन नौ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेलगत्तै सौर्य एयरलाईन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भिर अवस्थामा उद्धार गरिएको थियो ।


    तेस्रो आँखा