• ट्रेण्डिङ्ग :
एमाले महासचिव पोख्रेल दाङका विभिन्न कार्यक्रममा सहभागी हुने

एमाले महासचिव पोख्रेल दाङका विभिन्न कार्यक्रममा सहभागी हुने


  • 2.2K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.4K Views

    एमाले महासचिव पोख्रेल दाङका विभिन्न कार्यक्रममा सहभागी हुने

    दाङ, १४ साउन । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ आउनु भएको छ । गृहजिल्ला दाङमा उहाँ दुई दिन बस्नु हुनेछ । जिल्लामा हुन लागि रहेका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि दाङ आउनु भएका पोख्रेलले यहाँका नेता, कार्यकर्ता, शुभेच्छुकहरु र विभिन्न अहोदामा रहनु भएका व्यक्तिहरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

    images

    एमाले महासचिव पोख्रेल दाङ रहँदा मंगलबार विहान प्रेस चौतारी दाङले आयोजना गर्न लागि रहेको पत्रकार सम्मेलनमा सहभागी हुनुहुनेछ । चौतारी दाङले विहान नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा विहान ८ बजे पार्टी महासचिव तथा पूर्व सञ्चारमन्त्री एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पोख्रेलको सहभागितामा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउन चौतारीले सबैमा अनुरोध गरेको छ । चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा र सचिव किरण गौतमले कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गर्नु भएको छ ।

    यसैगरी महासचिव पोख्रेलले नेकपा एमाले दाङको वैठकलाई सम्बोधन गर्नु हुनेछ । नेकपा एमाले दाङको जिल्ला पार्टी कार्यालय भरतपुरमा दिउँसो साढे १२ बजे आयोजना गर्न लागिएको वैठकलाई पार्टी महासचिव पोख्रेलले निर्देशनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    वैठकमा सबै जिल्ला सदस्य एवं केन्द्र, प्रदेशका सदस्यहरुलाई सहभागिताका लागि एमाले दाङले अनुरोध गरेको छ । पार्टी अध्यक्ष शिबकुमार आचार्य र सचिव श्याम डाँगीले वैठकमा सहभागी हुन सम्बधित सबैलाई अनुरोध गर्नुभएको छ ।


    तेस्रो आँखा