• ट्रेण्डिङ्ग :
२० महिनापछि गठन हुँदै एउटा संसदीय समिति

२० महिनापछि गठन हुँदै एउटा संसदीय समिति


  • 3.4K
    SHARES
    • श्रावण १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.3K Views

    २० महिनापछि गठन हुँदै एउटा संसदीय समिति

    काठमाडौं ,१५ साउन । आम चुनावको २० महिनापछि संघीय संसदको एउटा समिति गठन हुन लागेको छ ।

    images

    संघीय संसदमा हाल १६ वटा विषयगत समिति रहेका छन् । त्यसमध्ये १५ वटा समिति १५ वैशाख २०८० मा गठन भएका थिए ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति भने गठन नै हुन सकेको थिएन ।

    कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर मंगलबार सभामुख देवराज घिमिरे समिति गठन गर्न लागेका हुन् ।

    मंगलबारको प्रतिनिधि सभामा यो समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त प्रस्तावलाई सभाले स्वीकार गरेसँगै समिति गठन हुनेछ ।


    तेस्रो आँखा