काठमाडौं १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुर्णता पाएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । उहाँले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गर्नु भएको छ ।
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त हुनु भएको छ । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।
