तुलसीपुर २२ साउन । दाङमा सिसाकाे टुक्रा खादा एक युवक बिरामी भएका छन् । मंगलबार बेलुका साढे ७ बजेको समयमा सिसाकाे टुक्रा खादा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे निवासी २३ वर्षीय सन्तोष बिक घाइते भएका हुन् ।
उनले आफ्नै घरमा बियरको बोतल फोडेर सिसाका टुक्राहरु खाएका थिए । बिकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।
सिसा खानुकाे कारण नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
