तुलसीपुर, २४ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित लक्ष्मी नारायण मन्दिरमा झुला महोत्सव तथा दिव्य महाआरती हुने भएको छ । लक्ष्मी नारायण मन्दिरको आयोजनामा यही साउन २५ गतेदेखि भदौ ३ गतेसम्म झुला महोत्सव तथा महाआरती हुने भएको हो ।
महोत्सवमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा आराधना हुनेछ । त्यसैगरी दिउँसो १ बजेदेखि ४ बजेसम्म संगितमय कथा प्रवचन, अपरान्ह ४ बजेदेखि साढे ६ बजेसम्म झुला महोत्सव र साँझ पौने ७ बजेदेखि महाआरती पश्चाचात प्रसाद वितरण गरिने कार्यक्रम हुने भएको छ । महाआरतीमा प्रत्येक दिन श्री स्वामी केशावाचार्य (सूर्यपाकी) महाराज र अन्य विद्धान साधुसन्तहरुको मुखारविन्दबाट धार्मिक प्रवचन श्रवण गर्न सकिनेछ ।
झुला महोत्सव तथा दिव्य महाआरतीमा उपस्थित हुन सम्पुर्ण भक्तजनहरुमा श्री बेंकटेश लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले आग्रह गरेको छ । उक्त कार्यक्रम भदौ ३ गते अपरान्ह ४ बजेदेखि ७ बजेसम्म झुलाका साथ सम्पन्न हुने भएको छ ।
