गुल्मी २७ साउन/ गुल्मीको बडीगाड खोलामा एक महिलाको शव फेला परेको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका-८ स्थित बडीगाड खोलामा नाम थर वतन नखुलेको अन्दाजी ५०/५५ वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान सुरु हुँदैछ ।
