• ट्रेण्डिङ्ग :
काँग्रेस दाङ क्षेत्र नं. ३ ले स्वर्गिय नेता सुशिल कोइलाराको ८५ औं जन्मजयन्ति मनायो

काँग्रेस दाङ क्षेत्र नं. ३ ले स्वर्गिय नेता सुशिल कोइलाराको ८५ औं जन्मजयन्ति मनायो


  • 3.1K
    SHARES
    • श्रावण २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    काँग्रेस दाङ क्षेत्र नं. ३ ले स्वर्गिय नेता सुशिल कोइलाराको ८५ औं जन्मजयन्ति मनायो

    तुलसीपुर २८ साउन/ नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ ले नेपाली काँग्रेसका स्वर्गिय नेता तथा पूर्वप्रधानमन्त्री सुशिल कोइलाराको ८५ औं जन्मजयन्ति मनाएको छ । नेपाली काँग्रेसका संघीय सभापति जगतबहादुर खड्काको अध्यक्षता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि केशवराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले नेपाली काँग्रेसका पूर्व केन्द्रिय सभापति स्वर्गिय शुशिल कोइराला एकदमै सादगी र राष्ट्रवादी नेता भएको बताउँनुभयो । स्वर्गिय कोइरालाले गर्दा नै अहिले देशमा संविधान बनेको बताउँनुभयो । पार्टी सञ्चालन गर्न पैसाको आवश्यकता परेको बेला दुर्गा सुवेदी र सुुशिल कोइराला मिलेर जहाज समेत अपहरण गरेको उहाँले स्मरण गर्नुभयो । 

    कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि एकराज आचार्य, नेपाली काँग्रेस क्षेत्र नं. ३ क का सभापति देवेन्द्र रिजाल, ख का सभापति खिमबहादुर वली, क्षेत्र नं. ३ क का सचिव तेजबहादुर डाँगी, बालकृष्ण डाँगी, डम्बर बस्नेत लगायतले अहिलेका नेता, कार्यकर्ताहरु सुशिल कोइरालाले देखाएको बाटोमा नहिडेका कारण पार्टी कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । कोइराला एकदमै सादगी, साहसी, कर्मठ र पार्टी प्रती एकदमै वफदार भएकाले उहाँले देखाएको बाटोमा हिड्नु पर्ने बताएका थिए ।

    453060158_1627991841379870_8590174809181418548_n.jpg


    तेस्रो आँखा