• ट्रेण्डिङ्ग :
‘हेल्लो सरकार’लाई प्रभावकारी बनाउन- प्रधानमन्त्रीको आदेश

‘हेल्लो सरकार’लाई प्रभावकारी बनाउन- प्रधानमन्त्रीको आदेश


  • 3.6K
    SHARES
    • श्रावण २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.5K Views

    ‘हेल्लो सरकार’लाई प्रभावकारी बनाउन- प्रधानमन्त्रीको आदेश

    काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा सोमबार निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामति ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।


    तेस्रो आँखा