• ट्रेण्डिङ्ग :
दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


  • 3.6K
    SHARES
    • भाद्र १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.5K Views

    दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    तुलसीपुर, ०१ भदौ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी २५ वर्षीय सम्राट गिरी रहेका छन् । 

    images

    तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१त १४२२ नम्बरको मोटरसाइकल दंगीशरण वडा नं. ५ डाँडाचिसमा रोकिराखेको लुम्बिनी प्रदेश ०२-००१ प ०९४६ नम्बरको टेक्टरसँग गएराती १० बजेको समयमा ठोक्किएको थियो ।

    दुर्घटनामा परी गम्भिर घाइते भएका गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 


    तेस्रो आँखा