• ट्रेण्डिङ्ग :
सहायता केन्द्र नेपालको दोस्रो साधारणसभा सम्पन्न

सहायता केन्द्र नेपालको दोस्रो साधारणसभा सम्पन्न


  • 5.4K
    SHARES
    • भाद्र १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 8.3K Views

    सहायता केन्द्र नेपालको दोस्रो साधारणसभा सम्पन्न

    तुलसीपुर, ०१ भदौ । साहयता केन्द्र नेपालको दोस्रो साधारण सभाको अवसरमा किशोर तथा किशोरीको वर्तमान अवस्था र चुनौतिका विषयमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। शनिवार वेस्टर्न पाटी प्यालेस तुलसीपुरमा भएको कार्यक्रममा साहयता केन्द्र नेपालका अध्यक्ष खेमराज सेन्चुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका कुमारी बिकको प्रमुख अतिथ्ययतामा कार्यक्रम भएको थियो ।

    images
    WhatsApp Image 2024-08-17 at 9.09.48 PM.jpeg

    साहयता केन्द्र नेपालकी सहसचिव अविषेक दहालले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य बिकले साहयता केन्द्र नेपालले ३ महिनाको अबधिमा सम्पन्न गरेको सिपमुलक तालिमको बजेट लुम्बिनी प्रदेशबाट बिनियोजित भएको बताउनु भयो ।

    आफू दलित भएकै कारण हरेक क्षेत्रमा अपहेलना सहेर पनि आज यहाँसम्म आईपुगेको उहाँले बताउनु भयो । बिकले किशोर तथा किशोरीको अहिलेको अवस्थामा रहेको विभिन्न चुनौतिहरु रहेकोले हरेक क्षेत्रमा पहुँच पुर्याउन तथा विभिन्न किसिमका सिपमुलक, व्यवहारिक तालिम प्रदान गर्न आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । 

    उक्त कार्यक्रमको सहजीकरण सहायता केन्द्र नेपालकी सचिव मुना बिकले गर्नुभएको थियो ।


    तेस्रो आँखा