तुलसीपुर ३ भदौ / तुलसीपुरमा बन्दै गरेको दुइतले घरबाट लडेर एक जना पुरुष घाइते भएका छन् । सोमबार बिहान साढे ८ बजेको समयमा तुलसीपुर ७ मोतिपुर निवासी ३० वर्षीय गणेश चौधरी सोही ठाउँ निवासी दिपा खत्रीको घर बनाउने क्रममा २ तला माथिबाट लडेर घाइते भएका हुन् ।
लडेर घाईते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ । घाइते चौधरीलाई ढाड र टाउँकोमा चोटमा चोट लागेको इलका प्रहरी तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभयो । चौधरीको अवस्था मध्यम छ ।
