अर्घाखाँची ४ भदौ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोमा पुरिँएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शितगंगा नगरपालिका –१३ मा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गोठमा रहेका बाख्रा फुकाउन गएका थापाको माथिबाट खसेको ढिस्काले पुरिएर मृत्यु भएको हो ।
