• ट्रेण्डिङ्ग :
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु


  • 3.6K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बुटवल ६ भदौ । रुपन्देहीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा लु२ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।

    images

    ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा