• ट्रेण्डिङ्ग :
आँबुखैरेनी दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो

आँबुखैरेनी दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो


  • 13.0K
    SHARES
    • भाद्र ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 20.0K Views

    आँबुखैरेनी दुर्घटना अपडेट : मृतकको संख्या २७ पुग्यो

    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ जना पुगेको छ ।

    images

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो । बस दुर्घटनामा १६ जना घाइते भएका छन् ।

    घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनु भयो ।

    उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४४ यात्रु सवार थिए ।


    तेस्रो आँखा