• ट्रेण्डिङ्ग :
रेसुंगा नगरपालिकामा आज सार्वजनिक बिदा

रेसुंगा नगरपालिकामा आज सार्वजनिक बिदा


  • 3.1K
    SHARES
    • भाद्र ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    रेसुंगा नगरपालिकामा आज सार्वजनिक बिदा

    गुल्मी ११ भदौ/ गुल्मीको रेसुंगा नगरपालिकाले आजले सार्वजनिक बिदा दिएको छ । गत साउन १४ गते बसेको नगर कार्यपालिकाको बैठकले कृष्ण जन्माष्टमीको भोलिपल्ट सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।  

    images

    रेसुंगा नगरपालिकाले भदौ ७ गते एक सूचना जारी गर्दै मंगलबार नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको हो । रोपाइँ जात्रा कार्यक्रमलाई भव्य बनाउनका लागि नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायत नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ। 

    श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरू गरेर यो पर्व मनाउने प्रचलन वर्षौंदेखि रहँदै आएको छ। 


    तेस्रो आँखा