• ट्रेण्डिङ्ग :
दाङमा करेन्ट लागेर ६८ वर्षीय पुरुषको मृत्यु

दाङमा करेन्ट लागेर ६८ वर्षीय पुरुषको मृत्यु


  • 4.5K
    SHARES
    • भाद्र ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.9K Views

    दाङमा करेन्ट लागेर ६८ वर्षीय पुरुषको मृत्यु

    दाङ ११ भदौ/ दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१२ डाँडागाउँ निवासी ६८ वर्षीय बुद्धिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    images

    चौधरीलाई मंगलबार बिहान आफ्नै गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा विद्युतको नाङ्गो तार छुन जाँदा करेन्ट लागेको थियो । चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारीले दिनुभयो ।  

    चौधरीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । 


    तेस्रो आँखा