• ट्रेण्डिङ्ग :
मानवसेवा आश्रमको १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान

मानवसेवा आश्रमको १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान


  • 8.1K
    SHARES
    • भाद्र १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 12.4K Views

    मानवसेवा आश्रमको १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान

    तुलसीपुर १३ भदौ । मानवसेवा आश्रमको १२औं वार्षिकोत्सवको अवसरमा दाङ शाखाले दक्तदान कार्यक्रम गरेको  छ । आश्रमले बिहीबार बिहान अरनिको मैदानमा रक्तदान कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । मानवसेवा आश्रम दाङ शाखाका संयोजक हिरु जोशीको अध्यक्षता तथा मानवसेवा आश्रम दाङ शाखाका अभिभावक डिल्लीबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको बार्षिक उत्सव रक्तदान नै, जीवन दान, भन्ने मुल नाराका साथ मनाईएको हो ।

    images

    कार्यक्रममा यमप्रसाद खराल, महेश खड्का, टेकबहादुर रावत, संगिता सापकोटा, सुशिला घर्ती,  कुलराज धनरल, धिरोज पोखरेल, पदमराज न्यौपाने, विजय सुवेदी, दिपा पुन, आयुशा पोख्रेल, प्रेरित बुढामगर लगायत १४ जनाले रक्तदान गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै रक्तदाता यमप्रसाद खरालले आफ्नो शरिरमा बढ्दो मात्रामा रहेको रगतलाई समय/समयमा निकाल्ने हो भने आफू पनि स्वस्थ्य हुने र रगत अभावकै कारण कसैले अकालमै ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।

    WhatsApp Image 2024-08-29 at 12.06.46 PM.jpeg

    रक्त संचार केन्द्रमा रगतको अभाव भएको कुरा जानकारी पाएपछि बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको प्रमुख अतिथी बस्नेतले बताउनुभयो । रगतको अभावले गर्दा धरै बिरामीहरुले ज्यान गुमाउनु परेको छ, त्यो समस्या समाधान गर्नकालागि रक्तदान कार्यक्रम गरेका हौं उहाँले भन्नुभयो । साथै बस्नेतले मानवसेवाका लागि रक्तदान गरि मानवताको धर्म निभाउनुहुन्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

    कार्यक्रमको अवसरमा रक्तदान गर्ने सबै ब्यक्तिहरुलाई मानव आश्रमको तर्फबाट प्रमाण पत्र समेत वितरण गरिएको  थियो । कार्यक्रमको सहजीकरण मानवसेवा आश्रम दाङ शाखाका संयोजक हिरु जोशीले गर्नुभएको थियो ।

    WhatsApp Image 2024-08-29 at 12.06.47 PM.jpeg


    तेस्रो आँखा