• ट्रेण्डिङ्ग :
खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु


  • 4.1K
    SHARES
    • भाद्र २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.4K Views

    खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

    रुकुम , २४ भदौ । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा ६ प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो । 

    images

    साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । 

    घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा