• ट्रेण्डिङ्ग :
बाल दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम

बाल दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम


  • 7.3K
    SHARES
    • भाद्र २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 11.3K Views

    बाल दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम

    तुलसीपुर २८ भदौ । ६०औं बाल दिवसको अवसरमा तुलसीपुरमा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा समाजिक विकास शाखा र नगरस्तरिय बालसञ्जालको आयोजना गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरमा जनचेतनामूलक कार्यक्रम भएको हो । नगर बाल सञ्जालकी उपाध्यक्ष प्रशंसा केसीको अध्यक्षमा तथा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिकि सदस्य लालमति भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

    images

    बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी, भन्ने मुल्य नाराका साथ भएको कार्यक्रममा तुलसीराम उपमहानगरपालिकाको महिला बालबालिका तथा समाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठले बालबालिकालाई  बालबिबाह, लागू औषध, साईबर अपराध, घरेलु हिंसा  जस्ता अपराधहरुको बारेमा सचेत गराउने उदेश्यले जनचेतना मूलक कार्यक्रम गरेको गरेको बताउनुभयो । उहाँले बालबालिका भबिस्यका कर्णाधार, नेतृत्वकर्ता हुने भएकाले बालबालिकामा लगानी गरेमा शान्ति समृद्धि र सक्षम राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो । नेपालको  साक्षरता हेर्दा अहिले पनि बालकको संख्या बढि र बालिकाको संख्या कम रहेका छ  । अहिले पनि हरेक क्षेत्रमा शोषन भईरहेकाले त्यसलाई न्युनिकरण गर्न आफुहरु लागेको उहाँले बताउनुभयो । 

    कार्यक्रममा कालाखोला माध्यमिक बिद्यालयका प्रशिक्षक शोभाराम ढकालले बाल अधिकार सम्बन्धि जनचेतना फैलाउनकालागि यस्ता खालका कार्यक्रम गर्नु पर्ने बताउनुभयो । नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिका मौलिक हक सम्बन्धि व्यवस्था गरिएको छ । बालबालिकालाई घरेलु हिसां नगर्न  पनि उहाँले आग्रह गर्नुभएको थियो । ईलाक प्रहरी कार्यालयका असई कृष्ण भण्डारीले बालबालिकाको सुन्दर भविष्यका लागि प्रहरीहरु दिन रात नभनी खटिएर काम गरेको बताउनुभयो ।  बालबालिकालाई लागू औषध, साईबर अपराध, घरेलु हिसां जस्ता समस्याहरुमा नपरुन भन्ने हाम्रो ईचछा हो उहाँले भन्नुभयो ।कार्यक्रमका अर्का अथिति नवराज लामिछाने बालबालिकाले के गर्न चाहान्छन् भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँनुभयो । बालबालिका बिद्यालयमा हुन्छन्, उमेर पुगेको नागरिकले बालबालिका सम्बन्धि कुरा सम्बन्धित निकायसम्म पुगाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बालबालिकाहरुले सचेततामुलक नाटक प्रस्तुत गरेका थिए । नाटकमा सानै उमेरमै बिहे गर्दा झेल्नुपरेको समस्यालाई प्रस्तुत गरिएको थियो । त्यसैगरी कबिता , गित तथा  चेतनामूलक  लोकनृत्य पनि नगर बाल सञ्जालका बिद्यार्थीहरुले प्रस्तुत गरेको थिए । कायृक्रममा नाटक, गित, कवितालगायत सन्देशमुलक कार्य गरेका बालबालिकाहरुलाई प्रमाणपत्र  वितरण गरिएको थियो ।


    तेस्रो आँखा