• ट्रेण्डिङ्ग :
सल्यानमा बोलेरो जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

सल्यानमा बोलेरो जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु


  • 6.2K
    SHARES
    • आश्विन १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 9.5K Views

    सल्यानमा बोलेरो जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

    सल्यान १ असोज । सल्यानमा बोलेरो जिप दुर्घटनामा हुँदा दुईको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु भएको हो ।

    images

    सोमबार बेलुकी जिप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका-३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए । 

    घाइते भएका साहुको जिल्ला अस्पताल सल्यानमा र लाली रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्य घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको छ । सडक बिग्रेकाले जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप सडकदेखि २५ मिटर तल खसेको थियो ।


    तेस्रो आँखा