घोराही ३ असोज । घोराही लमही सडकखण्ड अन्तरगत बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब सवा ७ बजेको समयमा लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नं. को मोटरसाइकल लमही नगरपालिका वडा नं. ६ बेलदमारमा दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही नवलपुर निवासी २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकलमा सवार घोराही ४ निवासी २१ वर्षीय बिनोद केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
