• ट्रेण्डिङ्ग :
नेपाली समाजको विविधता नै नेपाली पहिचान : मन्त्री दाहाल

नेपाली समाजको विविधता नै नेपाली पहिचान : मन्त्री दाहाल


  • 3.0K
    SHARES
    • आश्विन ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    नेपाली समाजको विविधता नै नेपाली पहिचान : मन्त्री दाहाल

    काठमाडौ, ४ असोज/भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताउनुभएको छ । 

    images

    पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौँमा भएको भेटमा मन्त्री दाहालले नेपाली मौलिकता र नेपाली सङ्गीतको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । नेपालका सबै जाति, भाषा, संस्कार र संस्कृति संरक्षणमा सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । 

    नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले कुनै पनि जातजातिको संस्कृति सङ्कटमा परे राज्यको  परिचय नै सङ्कटमा पर्ने बताउनुभयो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबै जातजातिको संस्कृति संरक्षणका लागि आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभयो । 

    पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घका अध्यक्ष रवीन गन्धर्भले आफ्नो संस्थाले नेपाली मौलिक सङ्गीतको संरक्षण गर्न देशव्यापी अभियान सञ्चालन गरिरहेको बताउनुभयो । गन्धर्भ जातिलाई लोपोन्मूख जातिमा सूचीकृत गर्नुपर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने, सङ्गीतमाथिको हस्तक्षेप रोक्नुपर्नेलगायतका विषयमा जागरण फैल्याउन अभियान थालिएको उहाँको भनाइ थियो । सो अवसरमा झापाको कचनवकल गाउँपालिकामा गन्धर्भ सङ्ग्रहालय, सभाहल, पहुँचमार्गलगायतका संरचना निर्माण गर्न तथा गन्धर्भ बस्तीमा ‘होमस्टे’ सञ्चालन गर्न आवश्यक सहयोगका लागि आग्रह गरिएको अध्यक्ष गन्धर्भले जानकारी दिनुभयो ।


    तेस्रो आँखा