• ट्रेण्डिङ्ग :
मोटर साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटर साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • 2.5K
    SHARES
    • आश्विन ५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    मोटर साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं ५ असोज । भरतपुर महानगर वडा नम्बर २ नारायणगढको लिलाचोकमा मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    सहिद चोकबाट पोखरा बसपार्क जाने क्रममा शनिबार बिहान  १ः२० बजे  भएको सो दुर्घटनामा परी मृत्यु  हुनेमा  पूर्वी नवलपरासी  गैँडाकोटका ३६ वर्षीय रबिन थापा र लमजुङ दुध पोखरी गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय पूर्ण बहादुर गुरुङ रहेका  जिल्ला प्रहरी कार्यालय चितवनका  प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । 

    प्रहरीका अनुसार  बा.प्र.०६-००२ प ३१४५ नम्बरको एन एस मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना हुन पुगेको हो । मोटर साइकल चालक थापा र उहाँ सँगै सवार गुरुङको  चितवन मेडिकल कलेजमा उपचार हुँदै गर्दा मृत्यु भएको हो । 


    तेस्रो आँखा