• ट्रेण्डिङ्ग :
लायन्स क्लब अफ दाङ नारायणपुरद्वारा सहयोग वितरण

लायन्स क्लब अफ दाङ नारायणपुरद्वारा सहयोग वितरण


  • 4.1K
    SHARES
    • आश्विन ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.3K Views

    लायन्स क्लब अफ दाङ नारायणपुरद्वारा सहयोग वितरण

    नारायणपुर, ६ असोज । लायन्स क्लब अफ दाङ नारायणपुरले घोराही उपमहानगरपालिका वडा नम्बर ८ मा अवस्थित सर्वोदय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग वितरण गरेको छ । क्लबले आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग वितरण गरेको हो । 

    images

    विद्यालयका २५ जना विद्यार्थीहरुलाई विद्यालय झोला तथा स्टेसनरी सामग्री वितरण गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकिरण घर्ती, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार बस्नेत, क्लबका पूर्व अध्यक्ष केशव थापा, प्रकाश डाँगी लगायतले मन्तव्य राखेका थिए । 

    क्लबका अध्यक्ष अभियान बस्नेतको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवम् डिस्ट्रिक ३२५ एनको डिस्ट्रिक कोषाध्यक्ष धनेश्वर आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रथम उपाध्यक्ष युवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कुलप्रसाद रजौरेले गरेका थिए ।


    तेस्रो आँखा