दाङ ७ असोज । बबई नदीमा एक जना पुरुषको शब फेला परेको छ । मृत फेला पर्नेमा घोराही उपमहानगरपालिका – ७ बेलहरीका ४७ बर्षीय अर्जुन खनाल रहेको प्रहरीले जनाएको छ । खनाल दृष्टिबिहीन हुन ।
खनालको शब घोराही– ७ सुकवारीस्थित बबई नदीमा सोमबार बिहान सवा १० बजेको समयमा फेला परेको हो । मृतककी श्रीमति गीता खनालले बिहान साढे आठ बजेको समयमा अर्जुन कसैलाई केही नभनेर घरबाट निस्केको बताएकी छिन् ।
घर भन्दा झन्डै डेढ किलोमिटर टाढा बबई नदीमा खनाल मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउनुभयो ।
