काठमाडौं १३ असोज । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोलीले झ्याप्ले खोलामा पुरिएका थप १५ जनाको शव निकालेको छ । भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ ।
फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीको अनुमान छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।
सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।
