तुलसीपुर २० असोज । तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको हाइस घरमा ठोक्किन जाँदा चालकसहित ६ जना घाइते भएका छन् । आइतबार बिहान पौने ७ बजेको समयमा बा.प्र. ०३-००१ ज ७७२ नं। को हाइस अनियन्त्रित भई तुलसीपुर ७ डाँडाँपातु स्थित खिमबहादुर मल्लको २ कोठाको घर भित्र पसेको थियो ।
उक्त दुर्घटनामा हाइस चालक रुकुम पश्चिम मुसीकोट नगरपालिका ४ निवासी २५ वर्षीय कुमार सन्यासी, हाइसमा सवार सल्यान सारदा नगरपालिका ७ निवासी २४ वर्षीया कल्पना चलाउने, उनको छोरी ८ वर्षीया निर्मला चलाउने, सोहि घरमा भाडामा बस्ने मंगला श्रेष्ठका १२ वर्षीया छोरा रणविर नेपाली, सल्यान बागचौर ७ निवासी २७ वर्षीया सपना चलाउने र जाजरकोट भेरी नगरपालिका ४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ३९ वर्षीय दुर्गाबहादुर बिक घाइते भएको इलामा प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । सबैको अवस्था सामान्य छ । हाइसमा ९ जना सवार थिए ।
