• ट्रेण्डिङ्ग :
राप्ती नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

राप्ती नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार


  • 2.2K
    SHARES
    • आश्विन २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.3K Views

    राप्ती नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

    दाङ, २१ असोज । प्रहरीले राप्ती नदीमा हाम फालेका एक व्यक्तिको शकुसल उद्वार गरेको छ । 

    images

    सोमबार बिहान साढे  ६ बजेको समयमा दाङ गढवा गाँउपालीका वडा नं २ महादेवास्थित राप्ती नदीको पुलबाट हाम फालेका राप्ती गाँउपालिका वडा नं ७ अननपुर बस्ने करिब ३३ वर्षीय आशाराम चौधरीको शकुसल उद्वार गरिएको हो । चौधरी नदीमा हाम फालेर बेपत्ता भएको भनि उनका भाई खुसीराम चौधरीले प्रहरीलाई खबर गरेका थिए । 

    तत्काल उक्त स्थानमा प्रहरी चौकी गोवरडिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा बिहान ९:२० बजेको समयमा राप्ती गाउँपालिका वडा ६ बगरापुर घाटस्थित राप्ती नदीमा बग्दै गरेको अवस्थामा सकुसल उद्वार गरी उपचारको लागि लमही अस्पताल पठाएको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा