• ट्रेण्डिङ्ग :
गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश


  • 2.8K
    SHARES
    • कार्तिक २, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

    काठमाडौँ, २ कात्तिक । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    images

    न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

    काठमाडौँ महानगरपालिकाको धर्मशाला हटाउने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै मारवाडी सेवा समितिकातर्फबाट पशुपतिक्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट निवेदन दायर भएको थियो । दुवै पक्षबीच छलफल गरेर उक्त विवादमा निर्णय गर्ने अदालतको आदेशमा उल्लेख छ ।


    तेस्रो आँखा