• ट्रेण्डिङ्ग :
तुलसीपुरमा एक महिला मृत फेला

तुलसीपुरमा एक महिला मृत फेला


  • 5.3K
    SHARES
    • कार्तिक ३, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 8.2K Views

    तुलसीपुरमा एक महिला मृत फेला

    तुलसीपुर ३ कात्तिक । सल्यान घर भई हाल तुलसीपुरमा बस्दै आएकी एक महिला मृत फेला परेकी छिन् । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. २ घर भई हाल तुलसीपुर ३  श्रीगैमा छोराछोरीसहित कोठा भाडामा बस्ने मिना कठायत मृत फेला परेकी हुन् ।

    images

    शुक्रबारदेखि परिवारसँग सम्पर्क बिहीन भएकी कठायतलाई आफन्तहरुले खोज्ने क्रममा शनिबार दिउँसो साढे १ बजेको समयमा अंगेरी खोलामा मृत अवस्थामा फेला पारेका हुन् । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापा सहित पाँच जनाको टोली घटना स्थलमा पुगेको छ । मृतकका श्रीमान रोजगारीको शिलशिलामा विदेश रहेको् बुझिएको छ । 


    तेस्रो आँखा