तुलसीपुर, १३ कात्तिक । गत कात्तिक ९ गते तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका मानबहादुर बिकको उपचारको क्रममा मृत्यु भएको छ । रा ३ प ३४६६ नम्बरको स्कुटर तुलसीपुरबाट घोराहीतर्फ जाने क्रममा अनियन्त्रित भएर मज्गैमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि मृतकका छोरा तुलसीपुर १८ निवासी ४० वर्षीय निम बहादुर बिक सामान्य घाइते हुनुभएको थियो । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका स्कुटरको पछाडी सवार मानबहादुरलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो ।
उहाँको उपचारको क्रममा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
