सर्लाही २५ कात्तिक । सर्लाहीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा गौडेता नगरपालिकामा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेका छन् ।
गए राति अमलेख आफ्नै घरको तल्लो तल्लामा रहेको सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाईते अमलेखलाई तत्काल उपचारको लागि मंलगवास्थित प्रादेशिक अस्पताल लगेका थिए ।
प्रादेशिक अस्पताल मंलगवामा राति नै चिकित्सकहरूले अमलेखलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
