• ट्रेण्डिङ्ग :
निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ

निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ


  • 2.5K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.8K Views

    निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ

    काठमाडौं २८ कात्तिक । निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् ।

    images

    उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको एसपी होविन्द्र बोगटीले बताउनुभयो । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए । त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण उनले अन्तर्वार्तामा सुनाएका थिए । अन्तर्वार्ता लिने टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले कार्यालयमा बोलाएको छ ।


    तेस्रो आँखा