• ट्रेण्डिङ्ग :
पुरुष यू–१९ एसियाकप : श्रीलङ्काविरुद्ध नेपालले पहिले बलिङ गर्दै

पुरुष यू–१९ एसियाकप : श्रीलङ्काविरुद्ध नेपालले पहिले बलिङ गर्दै


  • 2.7K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.2K Views

    पुरुष यू–१९ एसियाकप : श्रीलङ्काविरुद्ध नेपालले पहिले बलिङ गर्दै

    काठमाडौं, १४ मंसिर । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि पुरुष यू-१९ एसियाकप-२०२४ का खेलहरू सुरु भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा सुरु भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    images

    युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा सुरु भएको आजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपालले आफ्नो दोस्रो खेल यही मङ्सिर १६ गते बङ्गलादेशसँग र तेस्रो खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।


    तेस्रो आँखा