• ट्रेण्डिङ्ग :
रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ४ जना घाइते

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ४ जना घाइते


  • 4.6K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.0K Views

    रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ४ जना घाइते

    रुकुम २५ पुस । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट जाँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप बिहीबार बिहान साढे ३ बजेको समयमा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।

    जिपको टायर फुस्केपछि दुर्घटना भएको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्वमा ल्याइएको थियो । प्रारम्भिक उपचारपछि दुई जनालाई थप उपचारका लागि रुकुम पश्चिमको मुसिकोट खलंगामा रिफर गरिएको छ ।

     


    तेस्रो आँखा