• ट्रेण्डिङ्ग :
रोल्पामा जिप दुर्घटना हुदा एकको मृत्यु, ३ जना गम्भीर घाइते

रोल्पामा जिप दुर्घटना हुदा एकको मृत्यु, ३ जना गम्भीर घाइते


  • 3.5K
    SHARES
    • पौष २६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.3K Views

    रोल्पामा जिप दुर्घटना हुदा एकको मृत्यु, ३ जना गम्भीर घाइते

    रोल्पा,२६ पुस । रोल्पाको त्रिवेणी गाउँपालिका- ४ सिमपानीमा पिकअप जिप दुर्घटना एक जनाकाे घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परेर चालकको मृत्यु भएको र गाडीमा सवार अन्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    images

    रोल्पाको जुंगार देखी दाङ जाने सडक खण्डमा माडी गाउँपालिका-१ पाटि खोला देखि सुन्तला लोड गरी नेपालगंज तर्फ जाँदै गरेको लु १ च ८६८७ नम्बरको पिकअप जिप अनियन्त्रित भई बाटो देखि करिब२०/२५ मिटर तल खसेको थियो   । 


    दुर्घटनामा परेर सवारी चालक माडी गाउँपालिका-१ भित्ताबाङ बस्ने २० वर्षीय हुकुम घर्ति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो ।


    घाइते हुनेहरूमा गाडीमा सवार त्रिवेणी गाउँपालिका-४ चर्कि बस्ने चन्द्र बिर घर्ति मगरको छोरी बर्ष १४ कि दिलमाया घर्ति मगर, सोही ठेगना भएकी कमल घर्तिको छोरी बर्ष १२ कि सरीता घर्ति मगर र नुवागाउ बस्ने सुकेन्द्र बाठामगर को छोरी बर्ष ११ कि करुणा बाठामगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यि बालिकाहरुको सामान्य उपचार पश्चात थप उपचारको लागी दाङ तर्फ पठाईएको बताइएको छ ।


    तेस्रो आँखा