• ट्रेण्डिङ्ग :
अव्यवस्थित तारलाई ब्यवस्थित गर्नका लागि बिजौरी उद्योग वाणिज्य संघको ध्यानाकर्षण

अव्यवस्थित तारलाई ब्यवस्थित गर्नका लागि बिजौरी उद्योग वाणिज्य संघको ध्यानाकर्षण


  • 2.9K
    SHARES
    • पौष २८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.4K Views

    अव्यवस्थित तारलाई ब्यवस्थित गर्नका लागि बिजौरी उद्योग वाणिज्य संघको ध्यानाकर्षण

    बिजौरी,पुस २८ । बिजौरी उद्योग बाणिज्य संघले  अव्यवस्थित र अलपत्र अबस्थामा छरिएका टेलिकम,नेट,बिद्युत  लगाएतका तारहरु ब्यवस्थित  गर्नका लागी  सम्बन्धित निकाएको ध्यानाकर्षण गराएको छ ।

    images

    संघले आइतबार नेपाल विद्युत प्राधिकरण तुलसीपुर र नेपाल दुर संचार कार्यालय तुलसीपुरमा पुगी उक्त विषयमा ध्यानाकर्षण गराएको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिनु भएको छ ।   

    उद्योग बाणिज्य संघको कार्य क्षेत्र  भित्र पर्ने बिजौरी,हेमन्तपुर,दुधरास र मज्गै बजारका बिद्युत पोलमा तानिएका तारहरु अव्यवस्थित रुपमा झुन्डिएर बजारको सुन्दरता कुरुप देखिकोले र पैदल यात्रुहरुलाई असहज भएकोले यसलाई ब्यवस्थित गरि सहयोग गरिदिन सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराएको  संघका अध्यक्ष रेश्मीराज खड्काले जानकारी दिनु भएको हाे ।

    त्यस अबसरमा संघका अध्यक्ष उपाध्यक्षद्वय डिल्ली  केसी,चित्र बहादुर खडका र सदस्य अर्जुन कुमार रेग्मी लगाएतको उपस्थिति रहेको थियोे ।


    तेस्रो आँखा