• ट्रेण्डिङ्ग :
बुटवलमा लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

बुटवलमा लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर


  • 3.1K
    SHARES
    • माघ ६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.7K Views

    बुटवलमा लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं, ६ माघ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

    images

    लामिछानेसहितलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने धरौटीमा रिहा भइसकेका छन् ।

    उनलाई कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । कास्की अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दायर भएपछि अब जिल्ला अदालत रुपन्देहीमा पनि सुनुवाइ हुनेछ । रुपन्देही अदालतले पनि धरौटी, थुना र साधारण तारेख मध्ये एक आदेश दिने छ ।


    तेस्रो आँखा