• ट्रेण्डिङ्ग :
रोल्पामा बसले ठक्कर दिदा एक जनाको मृत्यु

रोल्पामा बसले ठक्कर दिदा एक जनाको मृत्यु


  • 3.9K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.0K Views

    रोल्पामा बसले ठक्कर दिदा एक जनाको मृत्यु

    राेल्पा, ८ माघ । रोल्पामा यात्रुबाहक बसको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । 

    images

    मृत्युु हुनेमा रुन्टीगढी गाउँपालिका-६ कुर्जा निवासी ७५ वर्षिय पैदलयात्री मनबुजा बिक रहेका छन । घटना मंगलबार दिउँसो पाैने ५ बजेको समयमा भएको थियो। 

    रुन्टिगढी गाउपालिका वडा न ६ कानकुटे डाँडा स्थित भित्रि सडक खण्डमा घोराहीबाट डुब्रिङतर्फ जाँदै गरेको रा १ ख २३५६ नम्बरको बसले ठक्कर दिँदा मनबुजा बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सरोज प्रजापतिले जानकारी दिनुभयो ।

    बसको चालाक जिल्ला रोल्पा रुन्टिगढी गाँउपालिका-५ भर्तिवन बस्ने बर्ष ३४ को लेखराज दसौदी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा