• ट्रेण्डिङ्ग :
बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु

बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु


  • 4.6K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.0K Views

    बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु

    गुल्मी, ८ माघ । गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रु महिलाको मृत्यु भएको छ । भाडाको विषयमा विवाद भइरहेका बेला इस्मा गाउँपालिका-५ रातामाटाकी ३९ वर्षीया शान्ति कुमाल ढोकाबाट खसेकी थिइन् ।

    images

    उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनु भएको हाे ।

    गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो । सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुण्डिन पुगेकी थिइन् ।

     


    तेस्रो आँखा