• ट्रेण्डिङ्ग :
तुलसीपुरमा विद्युत तार सर्ट हुदाँ घरमा आगलागि

तुलसीपुरमा विद्युत तार सर्ट हुदाँ घरमा आगलागि


  • 7.9K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 12.1K Views

    तुलसीपुरमा विद्युत तार सर्ट हुदाँ घरमा आगलागि

    दाङ, ९ माघ । दाङमा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागि भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १२ कचिला राम जानकी टोलका गोल्ची चौधरीको दुई तले कच्ची घरमा आगलागी भएको तुलसीपुर–१२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो । 

    images

    वडाध्यक्ष चौधरीका अनुसार टिनले छाएको कच्ची घरमा आगलागि भएको हो । आगलागिबाट घरमा भएको नगद एक लाख भन्दा बढी रुपैंया, लत्ता कपडा र जीन्सी सामान गरी करिब चार लाखे बढीको क्षति भएको छ । मानविय क्षति भने नभएको उहाँले बताउनुभयो ।  

    आज विहान ७ बेजेतिर विद्युतको तार सर्ट भएर घरमा आगलागि भएको हो । आगो स्थानियवासी, प्रहरी र दमकलको सहायतामा नियन्त्रण लिइएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिनको लागि विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रमा फोन गरेर लाइन काट्न लगाएपछि सहज भएको हो । गोल्चीको घरमा दुई छोरा, एक छोरी, नातीनी र बुहारी गरी ६ जनाको परिवार रहेको छ ।

     


    तेस्रो आँखा